बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुनै बेला अर्थमन्त्रालयमा जान सचिव हानाथाप गर्थे तर अहिले भागाभाग छ : प्रदीप ज्ञवाली

आइतबार, साउन २२ २०७९

काठमाडौं । नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ । 

‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे । तर, अहिलेसचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ,’ ज्ञवालीले भने । 
साथै उनले सरकार काम चलाउ भइसकेको बताए । चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरे, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?
 उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग पनि कार्यसूचीमा देखेको भन्दै असन्तुष्टि समेत जनाए ।