काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । तीन दिनदेखि आमरण अनशन सुरू गरेकी उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै प्रदर्शन गरिरहेको राजपुतलाई प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिइएको बताएको छ ।
१७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ ।
-फाइल फोटो