काठमाडौँ : कुमारी बैंकले आर्थिक बर्ष २०७८–०७९ मा दुई अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ९७ करोड सात लाख ३० हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैंयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख १२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा छ अर्ब ३८ करोड सात लाख २४ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ७७ करोड ३९ लाख १७ हजा रुपैंयाँ रहेको थियो ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ४५ अर्ब ८३ करोड ८२ लाख ३१ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ८९ करोड ७९ लाख २५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब सात करोड ७५ लाख १३ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव १३ प्रतिशत रहेको थियो ।