शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग

बिहिबार, साउन १९ २०७९

काठमाडौँ : एनआईसी एसिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

बैंकले  डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । 

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

बैंकले इच्छुक तथा योग्यहरुलाई बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies मार्फत २०७९ भाद्र १ गतेसम्म आवेदन दिईसक्न आग्रह गरेको छ ।