बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

धनगढीकाे नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु

बुधबार, साउन १८ २०७९

काठमाडौँ : सुदुरपश्चिम प्रदेशमा निजी क्षेत्रमा पहिलाे पटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएको छ।

मंगलबार एक कार्यक्रमका बीच नवजीवन अस्पतालमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरको डाक्टर सुवेशराज कायस्थले उल्घाटन गरेका छन ।

नवजीवन अस्पताल र मार्क इन्टरनेशनल किड्नी सेन्टरको संयुक्त लगानीमा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याईएकाे नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र कडायतले जानकारी दिए ।

करिब ७ करोडको लगानीमा १० बेडको डायलाइसिस सेन्टर सञ्चालनमा आएको उनले बताए । तर अहिले ६ बेडबाट सेवा प्रवाह भइरहेको र बाँकी ४ वटामा मेसिन जडान भइरहेको अस्पतालले जनाएको छ। हाल धनगढीकाे सेती प्रादेशीक अस्पतालमा डायलाइसिस सेवा रहेपनि बिरामीकाे चापका कारण सबैलाई सेवा लिन सहज थिएन ।