बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पुरानो बानेश्वरमा लक्ष्मी बैंकको नयाँ शाखा

बुधबार, माघ ५ २०७३

काठमाडौ माघ ५ 
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज काठमाडौँको  पुरानो बानेश्वरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  यस् शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु हुनेछ ।
यो समेत गरी बैकको कुल शाखा सञ्जाल ६५, बिस्तारीत काउन्टर तीन वटा र ८१ वटा एटिएम काउन्टर पुुगेको छ । बैंकले करिब सात कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गरेको हो । आ.व. २०७२—०७३ मा बैक्ले ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । हाल बैकको वासलातको आका ५५ अर्ब रुपैयाँ रहेको छ । बैकले आव २०७२—०७३ मा एक सय १५ करोड रुपैयाँ नाफा कमाएको थियो ।