बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा सामान्य गिरावट

बुधबार, माघ ५ २०७३

काठमाडौ माघ ५ 
नेप्से आज शुन्य दसमलव ८१ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा झरेको छ ।  सेन्सिटिभ पनि शुन्य दसमलव १५ अंकले घटेर तीन सय १७ दसमलव १९ अंकमा झरेको छ । एक सय ३३ कम्पनीहरुको तीन हजार एक सय १६ वटा कारोवारमा १२ लाख १७ हजार छ सय १९ वटा कित्ता सेयर खरिद बिक्री हुंदा ३० करोड ९४ लाख २७ हजार पाँच सय ३० रुपैयाँ कारोवार भएको छ । 
आज बिकास बैक र बीमा समुहको कारोवार बढेको छ भने बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६६ दसमलव ७१ अंकले बढेर छ हजार आठ सय चार दसमलव १९ अंकमा कायम रहेकोमा चार करोड ९३ लाख २० हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक छ दसमलव छ अंकले बढेर १५ सय १४ दसमलव ५८ अंकमा सिमित रहेकोमा चार करोड दुई लाख ३८ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ ।  बाँणिज्य बैक समुहको सुचक भने सो दिन तीन दसमलव ५८ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा सिमित रहेकोमा १७ करोड ५१ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी होटल समुहको सुचक २२ दसमलव ६२ अंकले घटेर १८ सय ५७ दसमलव ९५ अंकमा सिमित रहेकोमा तीन लाख २६ हजार ७५ रुपैयाँको सेयर किनबेच भएको छ ।  
फाईनान्स, जलबिद्युत, उत्पादनमुलक र अन्य समुहको  सुचक पनि आज घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    जनउत्थान सामुदायिक लघुबित्त १८६०            ८.०८
२    तिनाउ बिकास बैक        ३६३            ७.७२
३    कालिका माईक्रो क्रेडिट        १८६५            ५.८४
४    महिला सहयात्रा बित्तीय संस्था    ७०९            ५.८२
५    साँग्रिला डेभलपमेन्ट बैक    ३५२            ४.७६
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    हिमालयन डिष्ट्रलरी प्रालि    ६७५                १०
२    खानी खोला हाईड्रो पावर    २९२                ९.८७
३    सेती फाईनान्स            १९०                ८.२१
४    ग्रिन डेभलपमेन्ट बैक        ५८०                ६.७५
५    लक्ष्मी लघुबित्त बित्तीय संस्था    १०८७                ५.०६