बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा नौ लाख कित्ता बोनस सूचीकृत 

शुक्रबार, साउन १३ २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको नौ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।