काठमाडौ माघ ३
नेप्से आज ११ दसमलव ६३ अंकले घटेर १४ सय ६६ दसमलव नौ अंकमा झरेको छ । सेन्सिटिभ पनि दुई दसमलव सात अंकले घटेर तीन सय १७ दसमलव ९८ अंकमा झरेको छ । एक सय २९ कम्पनीहरुको दुई हजार छ सय ८० वटा कारोवारमा ७६ लाख ५१ हजार पाँच सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा ५८ करोड ८७ लाख ६९ हजार एक सय ३६ रुपैयाँ को कारोवार भएको छ ।
सात वटा समुहको कारोवार भएकोमा फाईनान्स बाहेक बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक एक सय ३० दसमलव तीन अंकले घटेर छ हजार सात सय ६० दसमलव २५ अंकमा कायम रहेकोमा चार करोड १७ लाख ७३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक ११ दसमलव ५४ अंकले घटेर १४ सय आठ दसमलव २५ अंकमा कायम रहेकोमा १६ करोड ८४ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक छ दसमलव तीन अंकले घटेर १५ सय पाँच दसमलव ६७ अंकमा कायम रहेकोमा तीन करोड ६९ लाख ५१ हजार दुई सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, जलबिद्युत र अन्य समुहको सुचक पनि आज उच्च अंकले घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ ग्रिन डेभलपमेन्ट बैक ५६६ ९.९०
२ लुम्बिनी फाईनान्स २८५ ७.५५
३ सहयोगी बिकास बैक ३४४ ३.३०
४ नेरुडे लघुबित्त बिकास बैक १४१५ ३.१३
५ स्टान्र्डड चार्टड बैक २२६० २.८७
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ कर्णाली बिकास बैक २९७ १०
२ खानीखोला हाईड्रो पावर कम्पनी ३१८ ९.९१
३ प्रभु बैक ३५६ ९.८७
४ महालक्ष्मी बिकास बैक २६२ ५.७९
५ युनाईटेड इन्स्योरेन्स कम्पनी ११०० ४.३४