काठमाडौँ – बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंको टोखाबबाट पक्राउ परेकी छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १३, बाफल बस्ने ४२ बर्षिया फरार प्रतिवादी निशा गुरुङलाई मंगलबार पक्राउ गएिको हो ।
गुरुङले कुमारी बैंकको दरबारमार्ग शाखा कार्यालय, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ्ग कसूर मुद्दामा फैसला गर्दै प्रतिवादी निशा गुरुङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा पाँँच दिन कैद र २३ लाख १४ हजार दुई ५० रुपैंयाँ जरिवाना हुने ठहर गरेको सिआईबीको भनाई छ ।
सो पश्चात फरार रहेकी गुरुङलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज मंगलबार काठमाडौंको टोखा न.पा. वडा नं. ६, टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।