काठमाडौ माघ २
गण्डकी बिकास बैकको बिशेष साधारण सभा सम्पन्न भएको छ । बैकको पुुस २९ गते सम्पन्न बिशेष साधारण सभाले फेवा बिकास बैकसंग मर्जर गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोही दिन फेवा विकास बैंकको नबौ बार्षिक साधरण सभा वाट समेत मर्जर प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।सभाले फेवा विकास बैंक सँग मर्ज प्रयोजनको लागी शेयर स्वाप अनुपात एक वराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको छ । सोही सभाले मर्जर पश्चात गठन हुने संचालन समितिमा प्रतिनिधित्व संचालकहरु चयन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिने प्रस्ताव पनि पारीत गरेको छ । सो पश्चात बैंकले अन्तिम स्विकृतिको लागी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्ने छन् र चाडै नै संयुक्त कारोवार हुनेछ । उक्त बैंक सँग मर्जर पश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड कायम हुने छ भने बैंकको संचालक समिति अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा रहेने छन् । हाल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका छविन्द्रनाथ शर्मा नायब प्रमुख कार्यकारी अधिकृत को रुपमा रहनुहुनेछ । मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी एक अर्व ८४ करोड ३९ लाख २६ हजार दुुई सय मात्र पुग्नेछ भने कुल शाखा संख्या ५० र ए.टि.एम संख्या २० पुग्नेछ । त्यस्तै मर्जर पश्चात कुल निक्षेप दायित्व १७ अर्व ६८ करोड एवं कर्जा लागानि १५ अर्व ४० करोड हुनेछ र कुल ग्राहक संख्या दुई लाख भन्दा बढी हुनेछ । शाखा संजालको आधारमा यो बैंक राष्ट्रिय स्तरको विकास बैंकमा अग्रणी स्थानमा रहने छ