बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देब बिकास बैकको १० औं बार्षिक साधारण सम्पन्न

आइतबार, माघ २ २०७३

काठमाडौ माघ २ 
देवः विकास बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकले काठमाडौको लैनचौर बैकेटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यको सभापतित्वमा सम्पन्न बार्षिक साधारण सभाले आ.व. २०७२÷०७३ वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७२÷०७३ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै सभाले हाल कायम रहेको चुक्ता पुंजी ८८ करोड १० लाख को १४ प्रतिसतको अनुुपातमा बोनस सेयर बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैकले चालु आ.व. २०७३÷०७४ पौष २७ गते सम्ममा बैंकले आठ अर्ब ७२ करोड छ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब नौ करोड ७० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा १९ करोड नौ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । चुक्ता पूँजीको ५० प्रतिशतका दरले यही २०७३ माघ ९ गतेदेखि बिक्री खुल्ला हुने हकप्रद शेयर र १४ प्रतिशत वोनस शेयर वितरण गरे पश्चात् बैंकको चुक्ता पूँजी एक अर्ब ४४ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।