बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कैलाशको २५ प्रतिशत बोनश पारित

आइतबार, माघ २ २०७३

काठमाडौ माघ  २ 
कैलाश बिकास बैकको २५ प्रतिसत बोनस पारित भएको छ । शुक्रबार सम्पन्न २३ औं बार्षिक साधारण सभाले बोनस सेयर बितरण गर्ने प्रस्ताव परित गरेको हो । सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल गरी जम्मा ६ सदस्यीय संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ ।
साथै सोही दिन बसेको संचालक समितिको बैठकले राजेन्द्र गिरी लाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । नेपाल राष्ट्र बैंक बाट“ख”वर्गको राष्टिय स्तरको विकास बैंकको रुपमा कारोवार गर्ने इजाजतपाप्त “कैलाश विकास बैंक लि.”  ले स्थापना काल देखि नै संस्थागत सुशासन, पारदर्शिता, दिगो बृद्धि ,स्तरीय ग्राहक सेवा आदी जस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पु¥याउदै आएको यस संस्थाको बोनश शेयर जारी पश्चात चुक्ता पूंजी एक  अर्ब ९७ करोड ५४ लाख  रुपैयाँ पुगेको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको २० प्रतिशत हकप्रद निश्काषन पश्चात संस्थाको चुक्ता पूंजी दुई अर्ब २९ करोड १५ लाख रुपैयाँ पुग्नेछ ।
बैकले २०७३ पौष २८ गते सम्ममा यस संस्थाले १५ अर्ब ७६ करोड निक्षेप संकलन गरी १४ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । बैकले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १७ वटा एटिएम मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।