बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हाम्रा सहरहरु खण्डहर बनाउन खोजियोः अध्यक्ष सुमार्गी

शुक्रबार, पुष २९ २०७३

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ मध्यमाञ्चल   अध्यक्ष अरुणराज सुमार्गीले चितवन जिल्लाको विकासमा नेपाल सरकारले ध्यान दिनु पर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 
अध्यक्ष सुमार्गीले चितवन महोत्सवका अवसरमा प्रधानमन्त्री प्रचण्डलाई यस्तो ध्यानाकर्षण गराई  महोत्सवमा बोल्दै अध्यक्ष सुमार्गीले चितवनको समग्र विकासका सम्बन्धमा प्रकाश पारेका हुन् । सो सामारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिय  । अध्यक्ष सुमार्गीको मन्तव्यको सार यस प्रकार छः 
सम्माननीय प्रधानमन्त्री ज्यू
अर्थतन्त्रको एक खम्बा नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आर्थिक विकासमा हातेमालो गरिरहेका छौं । मुलुकमा भएको राजनीतिक र सामाजिक परिवर्तनसँग हामीले स्थापना गरेका सहरहरु अहिले विस्थापित हुने अवस्थामा पुगेका छन् । सरोकारवाला, कर्मचारीतन्त्रलगायतले यस विषयमा गम्भीरतापूर्वक हेरिदिनु पर्ने अवस्था छ । हामीले पचास वर्ष अघि सोचेको बाटो र राजमार्गको भर्खर कुरा चलिरहेको छ । ५० वर्ष अघि स्थापित भएका सहरहरु फेरि खण्डहर हुने अवस्थामा छन् । चितवन, हेटौंडा र वीरगञ्जलाई मात्रै पनि हेर्न सक्यौं भने धेरै कुरा थाहा हुन्छ । वीरगञ्ज भन्सार साँघुरो भयो भनेर अर्को ठाउँमा स्थानान्तरण गरिसकेका छौं । हामीले राजमार्गको ट्रयाक पनि खोलिसकेका छौं । चितवन पनि एक इतिहास बोकेको  सहर हो । हाम्रो कुल गार्हस्थ उत्पादन धेरै तल छ । फेरि अब हामी कुन पैसाले घर बनाउने ? यो सहरलाई विस्थापित गरेर के सन्देस दिन खोजिएको हो ? यसलाई नीतिगत रुपमा हेरिदिनु पर्छ । अहिलेको महोत्सवबाट हामी जनताको क्रयशक्ति र लगानीको अनुमान गर्न सकिन्छ । यसमा सरकारले नियमित लगानी गर्नुपर्छ । जसलाई पनि मेला लगाउने गरेका छन् । यो मेलाले अर्थतन्त्रका धेरै सुचकांकहरुको अनुमान लगाउन सहयोग गर्छ । 
सम्माननीय प्रधानमन्त्री ज्यूको यसमा ध्यानाकर्षण गराउन चाहन्छु |

सोहि अवसर मा  मकवानपुर क्षेत्रनंमबर ३ का सांसद अनन्त पौडेलले शहरको बिचबाट हाईवय कुनैपनि हालतमा बन्न नसक्ने र   बजारको बिचबाट मार्ग मात्र बन्न सक्ने अवस्था नरहेको बताए ब । अहिलेको समय मा  राज्यले चितवन जिल्ला लाई मधेया नजर ले हेर्नुपर्ने  बताउँदै उहाँले हेटौडा  बजार अहिले भत्काउँदा एक सय ५० भन्दा बढी परिवार बिस्थापीत हुने खतरामा रहेका उनिहरुलाई सरकारले के गर्न सक्छ रु त्यसैले हाईवय बनाउँदा बजार छलेर बनाउनुपर्छ ।’ पहिले पुल निर्माणको क्रममा रापती पुल र कर्रापुल वरपरका सबै वासिन्दाले मुहाब्जा पाउने तर बजार क्षेत्रका लालपुर्जा भएका क्षेत्रका परिवारले किन मुहाब्जा नपाउने भनेर आफ्नो भनाइ रखेएका थिय ।  
अहिले सम्म सडकले आफ्नो जग्गा ५० मिटर भनेपछी आफ्नो नाममा लालपुर्जा किन लिन नसकेको भनेर उनको आक्रोस थियो  । 
      अर्को तर्फ  मध्यमाञ्चल क्षेत्रिय प्रशाशन कार्यालय हेटौडाका क्षेत्रयि प्रशाशक बिनोद केसीले भने घुमाउरो पारामा बृहत्तर हेटौडाको दिर्घकालिन योजना परिमार्जन गर्न आबस्यक रहेको बताए । सडक बिस्तारका धेरै प्रसंगलाइृ बुझ्दै प्रशाशक केसीले सरकारले मानबिय संबेदनसिलतालाई ध्यानमा राखेर मात्र काम गर्ने बताउदै । कर्मचारी भनेको सरकारको नितिलाई कार्यनयन गर्ने निकाय भएकाले त्यसअनुसार काम गरि अघि बढ्ने जानकारी दिए |