काठमाडौं, । लोकमानतन्त्रको अवसान भएसँगै उनकै ‘कनेक्सनमा’ राज गदैं आएका दीपक मल्होत्रा अहिले पनि मुर्छा परिरहेका छन् ।
लोकमान पदमुक्त भएपछि मल्होत्राको अवस्था कन्तविजोग भएको छ । लोकमानको आडाँमा तस्करी गदैं आएका उनको अहिले दाहिने हातनै गुमेको छ ।
सामसुङ मोबाइलको नाममा मल्होत्राले सुनको कारोबार समेत गर्ने गरेका थिए । अहिलेसम्म मल्होत्राले लोकमानलाई देखाएर यो कारोबारमा प्रहरीका आइजिपी, डिआइजीहरुलाई समेत मलामाल बनाउने गरेको यसअघिको समाचारमा हामिले पस्किसकेका छौं ।
जब लोकमानको आरोलो यात्रा लाग्यो त्यही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीको ३४ किलो सुन फेला परेको छ ।
कसको थियो त त्यो सुन रु केन्द्रीय अनुसन्धान ब्युरोले समाएको ३४ किलो अवैध सुन भारतीय समूहको सहयोगमा नेपाली ग्राहकका लागि पठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जनाएको छ ।
लोकमान शक्तिमा पुगेसँगै सुन तस्करीले संगठित कारोबारको रुप लिएको उदाहरण धेरै छ । प्रहरीले बिहीबार विमानस्थलको भन्सारबाट भित्रिएको सुन समाएलगत्तै धेरैले आँकलन गरे ‘सुन दीपक मल्होत्राको त होला ?
उसो हो भने काठमाडौंका जनजनले थाहा पाएको कुरा हो, सुन तस्करीमा मोबाइल व्यापारी मल्होत्राको हात छ ।किन समाउन सकिरहेको छैन त मलहोत्रालाई रु केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नै शैलीमा सुरु गरेको अनुसन्धानमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले किन भाँजो हालिरहेका छन् ?
के फेरि मलहोत्रालाई जोगाउने खेल सुरु हुँदै छ ?
प्रहरी स्रोतका अनुसार पूर्वएआइजी नवराज ढकाल, विज्ञानराज शर्मादेखि भीष्म प्रसाइँसम्म मल्होत्राको राम्रो सम्बन्ध छ । पवन सरिया, मोहन अग्रवाल तथा विज्ञानराज शर्माका खास व्यक्ति दीपक मल्होत्रालाई पक्रनबाट बचाउनकै लागि अहिले प्रहरी नयाँ नयाँ योजना बनाउन सक्रिय रहेको चर्चा प्रहरीहरु नै बताँउछन् ।
यसमाथि प्रहरी मुख्यालय, अर्थ मन्त्रालयसमेत मल्होत्रा बचाउन लागिपरे पनि मियो ढलेका कारण अब दीपक मल्होत्राको राइँदाइँ नचल्ने विश्लेषण केन्द्रीय अनुसन्धान ब्युरोका उच्चपदस्थ प्रहरीहरुले गर्न थालेका छन् ।
यसरी लोकमानको आडँमा तस्करीलाई बडवा दिर्दै आएका मल्होत्राको जीन्दगिनै अधुरो हुन पुगेको उनी निकट स्रोत बताउँछ ।
अकुत कमाएपनि कतै सम्पत्ती छानविन हुन्छ कि भनेर मल्होत्रा यतिबेला सपनामा पनि झसङ्गिने गरेको पारिवारीक स्रोत बताउछ । यसरी लोकमानको आडाँमा बसेका उनलाई अव कसले संरक्षण गर्ने हो त्यो अनिश्चित बनेको छ ।न्यूजअभियानमा खबर छ