बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ग्लोवल आईएमई बैंकको खुद मुनाफा पाँच अर्ब २० करोड 

शुक्रबार, साउन ६ २०७९

काठमाडौं, ग्लोवल आईएमई बैंकले आर्थिक बर्ष २०७८ – ०७९ मा पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । 

चुक्ता पुंजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैंयाँ रहेको बैंकले आव २०७८ – ०७९ मा दुई खर्ब ७७ अर्ब ४९ करोड २० लाख १३ हजार रुपैंयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले दुई खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी सो अवधिमा १० अर्ब ७४ करोड छ लाख १८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने तीन अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैंयाँ रहेको छ ।

बैंकले अघिल्लो आवमा भने दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौं अर्ब १३ करोड ९१ लाख २८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।