काठमाडौ पुुस २७
सर्वसधारण नेपाली जनताको साथमा रहेको एक हजार पाँच सय दरका भारतीय नोट सटही हुने संकेत देखिएको छ । नोट सटहीको लागि ठोसरुपमा पहल गर्न नेपाल राष्ट्र बैकको टोली आज बुुधबार भारत गए संगै नोट सटहीको संभावना बढेर गएको हो ।
राष्ट्र बैकका प्रवक्ता नारायाण प्रसाद पौडेलको अनुसार डेपुुटी गर्भर चिन्तामणी सिवाकोटी तथा भिष्म राज ढुंगाना, आनन्द ढकाल र भारतीय दुतावासको प्रतिनिधी सहितको टोली मार्फत भारत गएको छ । नोट सटहीको बिषयमा छलफल गर्न भारतीय रिर्जभ बैकको निमन्त्रण पछि त्यहाँ गएको र उक्त टोलीले बिहिबार र शुुक्रबार रिर्जव बैकका प्रतिनिधी संग नेपालमा रहेको ठुला दरका भारतीय नोट सटहीको छलफल गरेपछि संभवत शनिवार नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रवक्ता पौडेलका अनुसार टोलीले एक हजार पाँच सय दरका झण्डै तीन करोड ५० लाख भारतीय रुपैयाँको सटहीको लागि पहल गरेको छ । उक्त पहल सफल भएका भएमा सर्वसाधारणले आफुु संग भएको २५ हजार रुपैयाँसम्मको ठुला दरका भारु साट्न सक्नेछन । प्रतिबन्ध पश्चात भारत सरकारले आफ्ना नागरिकहरुलाई डिसेम्वरको ३० तारिखसम्म ठुला दरका नोट सहटीको सुबिधा दिएको थियो ।