बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

थप ३९१ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २ हजार नाघ्यो

बुधबार, साउन ४ २०७९

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन्। बुधबार ४६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ५६२ पीसीआर तथा १ हजार ४१९ एन्टिजेन परीक्षण भएको छ।