कोलोम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्।
बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति निर्वाचित भएका हुन् ।
विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।
श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे गरिएको छ।
विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्।
श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको थियो ।