काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई मनोनीत गरेका छन्।
देउवाले बुधबार उनीहरूलाई मनोनीत गरेका हुन्। यसअघि कांग्रेसका प्रमुख सचेतक रहेका बालकृष्ण खाँण थिए। उनी गृहमन्त्री बनेपछि एक वर्षदेखि उक्त पद खाली थियो । यसैगरी कांग्रेस सचेतक पुष्पा भुसाल गत साता उपसभामुखमा निर्वाचित भएपछि सचेतक पनि खाली थियो ।
देउवाले पूर्वउपसभामुख समेत रहेकी चित्रलेखालाई प्रमुख सचेतकको जिम्मेवारी र केन्द्रीय सदस्य विश्वकर्मालाई सचेतकको जिम्मेवारी दिएका छन् ।