शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेपालगञ्जका सडक जलमग्न

बुधबार, साउन ४ २०७९

नेपालगञ्ज । बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् ।

उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा  रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिए। नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो ।