नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा किसानहरुले जनप्रतिनिधिलाइनमा बाँधेर मन्दिर लगेका छन् ।
लामो समयदेखि पानी नपरेपछि किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगे पानी पर्ने अन्धविश्वासका कारण उनीहरुलाई मन्दिर लगिएको हो ।
गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्याएको जानकारी दिए।
जनप्रतिनीधिहरुलाई सरावल गाँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनसहित अन्य जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगिएको छ । बाँधेर मन्दिर लगिएका जनप्रतिनीधिले स्वच्छ मनले पूजा अर्चना गरे भगवान खुसी भएर पानी पारिदिने अन्धविश्वास छ ।
किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।
अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीले बताए।
२१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ। मल नपाएका किसान यति बेला थप पीडामा छन्।
तीनदिन सम्म पुजा अर्चना गरि अन्तिम दिन गाँउका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी पर्ने विश्वास छ ।