काठमाडौं । एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले माओवादी अध्यक्ष ‘प्रचण्ड’को दिल्ली भ्रमण बारे टिप्पणी गरेका छन् ।
झुकनीतिमा आधारित आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने बताउँदै उनले देशको लागि के उपलब्धि भयो भन्ने आधारमा भ्रमणको मूल्याङ्कन नगरी कति मान, सेवा, सुविधा दिइयो भनी स्वयं प्रशंसा गर्नु सतही कूटनीतिको उडन्ते चरित्र भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत रावलले झुकनीतिमा आधारित आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने बताएका छन् ।

भ्रमणले देशको लागि के उपलब्धि भयो भन्ने आधारमा भ्रमणको मूल्याङ्कन नगरी कति मान, सेवा, सुविधा दिइयो भनी स्वयं प्रशंसा गर्नु सतही कूटनीतिको उडन्ते चरित्र रहेको उनले टिप्पणी गरेका छन । भारतीय कांग्रेसको पछि लागेर भारतका कम्युनिष्ट पार्टीहरुको अवसान भएको प्रसंग कोट्याउँदै उनले कम्युनिष्ट भनिने नेपालका नेता त्यही बाटोमा अग्रसर किन भएका होलान् भनि प्रश्न गरेका छन् ।
