काठमाडौं । २ साउन २०७९ साउन महिनाको पहिलो सोमबार । आज शिवालयमा दर्शनार्थीको भीड लाग्ने गर्छ । तद्नुसार १८ जुलाई २०२२ । श्रावणकृष्णपक्ष पञ्चमी तिथि, तैतिल करण, पूर्वभाद्रपदा नक्षत्र, शोभन योग, चन्द्रमा कुम्भ राशिमा छ । आजका देवता वृहस्पति र ग्रहदेव सूर्य हुन् ।
आज बिहान सूर्योदय ०५ः१९ मा भएको छ भने सूर्यास्त ०७ः०० मा हुनेछ । सोमबार शिवको प्रिय बार हो । आजका दिन शिवको स्मरण मात्रले मन प्रसन्न हुनेछ भन्ने सनातनीय मान्यता रहेको छ । आजको दिन शुरुवात गरेको काममा सफलता मिल्नेछ । सोमबारको दिन बाहन र नयाँ कपडा खरिद गर्दा राम्रो हुनेछ ।
साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा हिन्दु महिलाहरुले मनाइने साउने सोमबार मनाउने गर्दछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।
साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेलो चुरा र मेहन्दी लगाउछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ ।
त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जल शिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।