एक आर्थिक वर्ष मै सरकारलाई तिर्यो, तीन अर्ब ४१ करोड रुपैंयाँ कर, नबिल दोस्रो वरियातामा
काठमाडौँ – सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्येमा एनआईसी एशिया बैंक वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा ठुलो करदाता बनेको छ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष अर्थात २०७८–०७९ मा सरकारलाई तीन अर्ब ४१ करोड रुपैंयाँ कर तिरेको छ । प्रत्येक वर्ष आन्तरिक राजस्व विभागले क्षेत्रगत आधारमा धेरै कर दाखिला गर्नेलाई राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गर्दे आएको छ । सो अनुसार गत आर्थिक वर्षमा बढी कर दाखिला गरेको आधारमा यो आर्थिक वर्षमा पनि एनआईसी एशिया बढी कर तिर्ने बैंकको रुपमा सम्मानित हुने भएको छ ।
वाणिज्य बैंकहरुतर्फ आव २०७८–०७९ मा नबिल बैंक भने कर बढी तिर्ने दोस्रो ठुलो बैंक बनेको छ । नबिलले गत आवमा तीन अर्ब ३२ करोड रुपैंयाँ कर दाखिला गरेको छ । यसैगरी ग्लोवल आईएमई बैंक तीन अर्ब १७ करोड रुपैंयाँ कर तिरेको आधारमा तेस्रो ठुलो बैंक बनेको छ । सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षमा दुई अर्ब ७७ करोड रुपैंयाँ कर दाखिला गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने दुई अर्ब ६५ करोड रुपैंयाँ कर दाखिला गरेको छ । क्षेत्रगत आधारमा गत आवमा सबै भन्दा बढी कर तिनेृ कम्पनीमा भने यो वर्ष पनि सुर्य नेपाल प्राली परेको छ । उक्त कम्पनीले आव २०७८–०७९ मा १० अर्ब ७२ करोड कर दाखिला गरेको छ ।
अर्थ मन्त्रालय स्रोत अनुसारका अनुसार २०७९ को असार मसान्तसम्ममा सबैभन्दा बढी कर सुर्य नेपालले दाखिला गरेको छ । उक्त कम्पनीले गत आवमा १० अर्ब ७२ करोड रुपैंयाँ कर तिरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) सबै भन्दा बढी कर तिर्नेमा दोस्रो स्थानमा परेको छ । एनटिसीले गत आवमा नौं अर्ब ७२ करोड कर दाखिला गरेको छ । एनसेलले गत वर्ष सात अर्ब ५९ करोड राजस्व तिरेको छ ।
सो अनुसार एनसेल गत आवमा सबैभन्दा बढी कर तिर्ने तेस्रो ठुलो कम्पनी बनेको छ । गोर्खा ब्रुअरी भने सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुको सुचीमा तेस्रो स्थानमा परेको छ । उक्त कम्पनीले गत बर्ष पाँच अर्ब ६९ करोड कर तिरेको छ । विद्युत प्राधिकरणले गत वर्ष तीन अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौं स्थानमा परेको छ । यि बाहेकका बढी कर तिर्नेहरुको सुचीमा छैंठो, सातौं, आठौं, नवौं र १० औं कम्पनीहरुमा भने क्रमश एनआईसी एशिया बैंक, नबिल बैंक, ग्लोवल आईएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय बाँणिज्य बैंक परेका छन् ।
यस्तो छ आर्थिक वर्ष २०७८–०७९ मा बढी कर बुझाउने कम्पनीहरुको विवरण
क्रस कम्पनीको नाम दाखिला गरेको कर रकम
१ सूर्य नेपाल प्राली १० अर्ब ७२ करोड
२ नेपाल दूरसंचार कम्पनी लिमिटेड ९ अर्ब ८२ करोड
३ आजियाटा (एनसेल) ७ अर्ब ७९ करोड
४ गोर्खा ब्रुअरी प्रालि ५ अर्ब ६९ करोड
५ विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड
६ एनआइसी एसिया बैंक लिमिटेड ३ अर्ब ४१ करोड
७ नबिल बैंक लिमिटेड ३ अर्ब ३२ करोड
८ ग्लोबल आइएमई बैंक लिमिटेड ३ अर्ब १७ करोड
९ सिद्धार्थ बैंक लिमिटेड २ अर्ब ७७ करोड
१० राष्ट्रिय वाणिज्य बैंक लिमिटेड २ अर्ब ६५ करोड