शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै प्रदर्शन

आइतबार, साउन १ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । 

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । 

जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । 

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दाबी गर्दै अधिकारीलाई बर्खास्त गर्न केही दिनदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ। राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ विभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भइरहेका हुन् । 

एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गभर्नर अधिकारी नभएको भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ ।

एमालेले गभर्नर अधिकारीलाई एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्यहोराको पत्र पनि पठाइसकेको छ ।