काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल (क्रान्तिकारी )ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमिति र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी केन्द्रिय समितिले बिरोध प्रदर्शन गर्दैछ । दुई पार्टीका विद्यार्थी संगठनहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक प्रवेश रोक गर्न बिरोध प्रदर्शन गर्न लागेको हो ।
दलिय सलंग्नता रहेको भन्दै उनीहरुले केही दिनदेखि अधिकारीको राजीनामा समेत माग्दै आएका छन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना बिभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना शुरु भएको हो ।
अधिकारीको नियुक्ति राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान बिपरित भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोध चर्काएका हुन् ।
शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।