बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदीय छानबिन समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्ने

आइतबार, साउन १ २०७९

काठमाडौं  । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । 

बैठकले आज अर्थ मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्नेछ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।