बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन्स बैंकको बदमासीले हद नाग्यो ! धितोमा राखेको ग्राहकको सुन नै बैंकले फिर्ता गर्दैन

शुक्रबार, असार ३१ २०७९

बिनोद चौलागाईं

पीडित ग्राहक भन्छन, पुरानो हिसाव पुरानो म्यानेजरसंग सोध्नुहोस भन्दै नयाँ म्यानेजरले हप्काए,भन्छन् बैंक मै गएर मर्नु पर्ने भो 

काठमाडौं, असार ३१

बरु चोर, डाँका गुण्डाले त एक पटक मार्छ, तर बैंकले पटक पटक मार्दो रहेछ हजुर, बैंक भनेको सुट टाई लगाएका गुण्डा रहेछन, यो भनाई हो, सिटिजन्स बैंक इन्टरनेशनलका एक जना पीडित ग्राहक सुनिल बज्राचार्यको । बज्राचार्य कै भनाई अनुसार उनी पेसाले सुन व्यवसायी हुन । दुखजिलो गरेर भक्तपुरको पाण्डुबजारमा उनले सुन व्यवसाय सञ्चालन गर्दे आएका छन् । 
यही व्यवसाय सञ्चालन गर्ने सिलसिलामा उनी बिसं २०६८ सालदेखि सिटिजन्स बैंकको भक्तपुर शाखासंग जोडिए । उनले त्यतिबेला एक ग्राम सुन बराबर चार हजार पाँच सय र २० प्रतिशत मार्जिन कटाएर सुनधितो कर्जा लिए । यसको लागि उनले आफु संग भएको सुन धितो दिए । पछि सुनको भाउ घटेको भन्दै बैंकले ३० प्रतिशत मार्जिन काट्दै उक्त कर्जाको लागि सुन अपुग भएको कारण देखाउँदै पैसा थप्नु पर्यो भन्दै ताकेता गर्यो । धितोमा राखेको चुरा, तिलहरी, औठी लगाययतका सामानले कर्जा नथेग्ने भन्दै पुरानो ऋणको तमसुक मिलाउनु पर्छ भन्दै बैंकले बज्र्राचार्यलाई ताकेता गर्न थाल्यो । पुरानो तमसुक मिलाउनको लागि बैंकले उनलाई केही दिनको लागि थप दुई केजी नयाँ सुन धितोमा दिन आग्रह गर्यो । बैंकले बिश्वासमा पारेपछि बज्राचार्यले पनि आफ्नो आफन्त, ग्राहक सबैको गहना जम्मा गरेर बैंकलाई तीन सय २१ दशमलव ३० ग्राम नयाँ सुन दियो । तर पछि बारंबार ताकेता गरेपनि बैंकले नयाँ राखेको तीन सय २१ ग्राम सुन फिर्ता दिएन । बज्राचार्यको भनाई अनुसार सिटिजन्स बैंकसंग २०६८ साल देखि बिसं २०७५ सालसम्म कारोबार गर्दा नयाँ थप गरेको सुनको तीन रुपैंयाँ लिन बाँकी रहेको छ ।

 यसको लागि उनले धेरै पटक बैंक धाई सके । धाउने क्रममा बैंकका भक्तपुर शाखा प्रर्वन्धक महेश कार्कीले पटक पटक उनलाई धम्काएको, गाली गलौज गरेको आरोप उनको रहेको छ । म मेरो बाउको कुरा समेत सुन्दिन, तपाईको कुरा किन सुन्ने, तपाईको पुरानो हिसाब पुरानो म्यानेजरसंग गएर गर्नुहोस् म नयाँ म्यानेजर हो, मलाई तपाईको पुरानो कुरा थाहा छैन, त्यतिबेला शाखा प्रर्वन्धक कार्कीले मलाई भनेको शब्दहरु यिनै हुन हजुर, पीडित ग्राहक बज्राचार्यले भने । मैले बिसं २०६८ साल देखि सिटिजन्स बैंकसंग कारोबार गरेको हुंन, त्यो बेला देखि तीन जना म्यानजेर फेरिसके, मैले त म्यानेजर संग होईन बैंक संग कारोबार गरेको हो, म्यानेजर मलाई सोधेर आउँछ र उनी भन्छन् ।

बैंकले आफुलाई ठग्न खोजेपछि आफुले बैंकलाई तिनुपर्ने सावाँ व्याज लगायतका सबै दायित्व भुक्तान गरिसकेको उनको भनाई छ । बैकले निकै बदमासी गर्यो । मैले बिसं २०७६ साल असार १७ गते बैंकलाई बुझाउनु पर्ने सबै सावाँ व्याज चुक्ता गरे । तर पनि बैंकले मेरो नयाँ सुन दिन मानेन । जहिले पनि मलाई पुरानो तमसुक खोज्दै छु भनेर पन्छाउँदै गरयो । बैंकले पुरानो तमसुकमा धितोमा रहेको सुनमा पनि कुन सुन कति परिमाणको छ केही पनि नखुलाई नियतबस नैं ठगी गर्ने गरी तमसुक गरेको पनि पीडित ग्राहक बज्राचार्यले बताएका छन् । अहिले बिभिन्न किसिमको बखेडा झिक्दै आफ्नो धितोमा रहेको सुन फिर्ता नदिएर पचाउन खोजेको आरोप बज्राचार्यले लगाएका छन् ।