शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मेरो भ्रमण भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने : प्रचण्ड

शुक्रबार, असार ३१ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।

प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँदिल्ली प्रस्थान गरेका छन् ।

दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको बताए । उनले भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास व्यक्त समेत गरे ।

प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको बताए ।

यसैगरी उनले प्रधानमन्त्री पत्नी आरजु देउवाको समेत भारत भ्रमण चलिरहेका बेला गठबन्धनकै आफ्नो भ्रमण हुनु संयोग मात्र रहेको बताए ।

आरजु भारत भ्रमणमै रहेको बेला यसैगरी संसदीय निर्वाचन आउनै लाग्दा भएको प्रचण्डको दिल्ली भ्रमणलाई यतिबेला राजनीति वृतमा निक्कै चासोका साथ हेरिएको छ ।