काठमाडौं । आज नेकपा एमाले केन्द्रिय स्वास्थ्य तथा जनसंख्या विभागले पत्रकार सम्मेलन गर्दैछ ।
पत्रकार सम्मेलन मार्फत गठबन्धन सरकारले विगत एक वर्षमा मुलुकको स्वास्थ्य क्षेत्र तहसनहस बनाएको र घोटाला गरेको, अनियमितता गरेको लगायतका जानकारी दिन लागेको बताएको छ ।
एमालेको स्वास्थ्य तथा जनसंख्या बिभागले तयार गरेको अडिट रिपोर्ट पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने भएकाे छ ।
सम्मेलन शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा हुने बताइएकाे छ ।