बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देव बिकास बैक र मञ्जुु श्री फाईनान्स को ८० करोड भन्दा बढीको हकप्रद माघमा

बिहिबार, पुष २१ २०७३

काठमाडौ पुुस २१
मञ्जुुश्री फाईनान्स र देव बिकास बैकले माघको पहिलो साता ८० करोड रुपैयाँ भन्दा बढीको हकप्रद सेयर निष्काशन गर्ने भएकाछन । दुुबै संस्थाले चुुक्ता पुुंजी बृद्धिको लागि हकप्रद सेयर बिक्री गर्न लागेका हुुन । 
मञ्जुुश्रीले ४३ करोड ८६ लाख ३७ हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । फाईनान्सले चुक्ता पुंजीको एक् बराबर एक दसमलव ७५ प्रतिसतको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 
बिक्री प्रवन्धक एस क्यापिटल मार्फत माघ छ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य फागुन ११ गते बन्द हुने फाईनान्सले जनाएको छ । अधिकृत पुंजी एक अर्ब र जारी  पुंजी ६८ करोड ९२ लाख ८७ हजार पाँच सय रुपैयाँ रहेको फाईनान्सको हाल चुक्ता पुंजी २५ करोड छ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रदको बिक्री पश्चात भने फाईनान्सको चुक्ता पुंजी ६८ करोड ९२ लाख ८७ हजार पाँच सय रुपैयाँ पुुग्ने छ । 
यसैगरी देव बिकास बैकले माघको पहिलो साता ४४ करोड रुपैयाँ भन्दा बढीको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैकले दुुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४४ लाख पाँच हजार चार सय ४० दसमलव ३९ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो । 
बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्फत माघ नौ गतेदेखि खुल्ला हुने हकप्रदको बिक्री कार्य फागुन १५ गतेसम्म जारी रहने बैकले जनाएको छ । अधिकृत पुंजी एक अर्ब ९२ करोड रुपैयाँ तथा जारी पुंजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार एक सय रुपैयाँ रहेको बैकको हाल चुक्ता पुंजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात भने बैकको चुक्ता पुंजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार रुपैयाँ पुुग्ने छ ।