बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वैवाहिक अंगिकृत नागरिकताको प्रावधानलाई  खेलाँची नसम्झौँ : गंगा चौधरी

शुक्रबार, असार ३१ २०७९

काठमाडौं । एमाले सांसद गंगा चौधरीले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानालाई राजनीतिक अभिष्ट पूरा गर्नका लागि खेलाँची नगरी गम्भिरताका रुपमा लिन आग्रह गरेकी छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बाेल्दै नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सामान्य छलफलमा सांसद चौधरीले वैवाहिक अंगिकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाइन् । उनले सरकारले राजनीतिक अभिष्ट पूरा गर्नका लागि सो प्रावधान झिकेको हो ? भन्ने प्रश्न समेत गरिन् ।

चौधरीले देशलाई फिजिकरण बनाउनको निम्ति नागरिकतालाई खुकुलो पार्न खोजिएको आरोप लगाइन् । उनले वैवाहिक अंगिकृतले सहजै नागरिकता पाउने अवस्था आएमा संसदभित्र छिरेर नेपालको प्रतिकुलको कानून बनाउने भन्दै आशंका व्यक्त गरिन् ।

सांसद चौधरीले विदेशी चेलीहरुले विगतमा संसद भित्रैबाट देशमाथि धावा बोलेको भन्दै टिप्पणी समेत गरिन् ।