काठमाडौं । प्रतिनिधिसभामा रिक्त उपसभामुख पद पूर्तिका लागि आज निर्वाचन हुँदैछ ।
दिउँसो ३ बजे बस्ने संसद बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरू गर्ने कार्यसूची रहेको छ ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद खाली थियो । जसका लागि आज निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उपसभामुखको उम्मेदवार छन् । भुसाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ छ ।
हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।