शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

बिहिबार, असार ३० २०७९

काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि कांग्रेसबाट पुष्पा भुसालले मनोनयन दर्ता गरिसकेकी छन् । दुई जनाको उम्मेदवारी परेपछि अब निर्वाचन हुनेछ । निर्वाचन भोलि हुनेछ । 

यसअघि लोसपाले उम्मेदवारी दिए एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो ।