शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालकाे मनोनयन दर्ता

बिहिबार, असार ३० २०७९

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् । 

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् ।