काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिप हप विद्याका गायक यम बुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
उपाध्यक्ष पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको भन्दै महानगरको निर्णयलाई आत्मासाथ गर्नुपर्ने बताएका छन् ।
उपाध्यक्ष पौडेलले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–
संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी) को प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।