बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उपसभामुख निर्वाचन: आज मनोनयन दर्ता

बिहिबार, असार ३० २०७९

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। 

बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ।

मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ।