बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

श्रीलंकामा संकटकाल घोषणा,  प्रदर्शन जारी

बुधबार, असार २९ २०७९

काठमाडौं । श्रीलंकामा आर्थिक–राजनीतिक संकट गहिरिँदै गएसँगै संकटकालको घोषणा गरिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

 यसैबीच, गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स गएकाले जनतामा आक्रोश बढेको छ । गोटबायाले हालसम्म राजीनामा समेत नदिँदा आक्रोशित जनताले आज संसद भवन र प्रधानमन्त्री भवन घेराबन्दी गरेका छन् । 

राजपाक्षे हाल माल्दिभ्समा रहेको भन्ने समाचार छ । यहाँबाट उनी दुबई जाने भनिएको छ। आर्थिक मन्दीको बीचमा विगतमा आक्रोशित जनताले राष्ट्रपति भवन कब्जा गरेर प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका थिए ।
-एजेन्सी