शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आजको माैसम: यी ठाउँमा भारी वर्षाको सम्भावना

बुधबार, असार २९ २०७९

काठमाडौँ – आज बिहान देशका विभिन्न भु-भागमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भु-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माहाशाखाले जनाएको छ ।बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ ।