शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सीपीसीका नेता लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मंगलबार, असार २८ २०७९

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँग पनि भेट्ने कार्यक्रम छ ।

y.jpg

चार दिने नेपाल भ्रमणमा रहेका लिउले काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए भने हिजो उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।