बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार

मंगलबार, असार २८ २०७९

टोकियो । जापानले मंगलबार शिन्जो आबेको अन्तेष्टि गर्ने  तयारी गरेको छ । जापानमा लामो समय प्रधानमन्त्री बनेका आबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो । ६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ ठूलो संख्यामा मानिस उपस्थित भएका थिए ।

शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए । बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएका थिए । उनको हत्यापछि जापान  स्तब्ध बनेको छ ।

आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।