शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थालाई एक रुपैयाँ सहयोग

मंगलबार, असार २८ २०७९

पोखरा । प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाढेपछि चौतर्फी आलोचना भैरहेको छ । यही क्रममा प्रमुख प्रतिपक्ष दल एमालेनिकट अनेरास्ववियूले सोमबार पोखरामा अनौठो विरोध प्रदर्शन गर्‍यो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । विद्यार्थीहरुले ट्रष्टलाई सहयोग गर्ने भन्दै व्यांग्यात्मक रुपमा एक रुपैयाँ उठाउन थालेका हुन् ।

मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रष्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो । यस्तै, विभिन्न पार्टीमा आवद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ ।

उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएको हो । मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।