बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जसपा विभाजनको औपचारिक घोषणा हुँदै

मंगलबार, असार २८ २०७९

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । आज विभाजनको औपचारिक घोषणा हुनेछ ।

आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रिय समितिको बिस्तारित बैठक बस्दैछ ।

भट्टराई पक्षले असार २८ र २९ गते काठमाडौंमा बैठक बोलाएको हो । अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् ।

पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् । यद्यपी पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ । 

यसरी छुट्टै केन्द्रीय समिति डाक्नुले जसपा औपचारिक रुपमा विभाजित भइसकेको देखिन्छ ।