शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

गण्डकीका मुख्यमन्त्री पोखरेलको लेटरप्याडमा प्रेस संयोजकको हस्ताक्षर

सोमबार, असार २७ २०७९

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको लेटरप्याड दुरुपयोग भएको छ ।
 
मुख्यमन्त्री पोखरेलको लेटरप्याडमा उनका प्रेस संयोजक भरत कोइरालाले हस्ताक्षर गर्दै प्रेस नोट नै जारी गरेका छन् ।

उक्त लेटरप्याडमा मुख्यमन्त्रीको निजी सचिवालयको छाप पनि लगाइएकाे छ ।

गण्डकी प्रदेश सरकारको बजेट मन्त्रीहरूका आफन्तका संघसंस्थालाई मनलाग्दी वितरण भएको विषयमा समाचार बाहिरिएपछि आलोचना चर्केको छ । त्यसपछि मुख्यमन्त्रीले यसरी विनियोजन भएका बजेट कार्यान्वयन नगर्न निर्देशन दिएको व्यहोरोको प्रेस नोट जारी गर्न लेटर प्याडको दुरुपयोग गरिएको हो ।

गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सत्तारुढ दलका नेताका आफन्तको नाममा करोडौं रुपैयाँ विनियोजन भएपछि अहिले चर्को आलोचना भइरहेको छ । प्रतिष्ठानका नाममा खुलेका नेताका आफन्तको नाममा राज्यकोषबाट ब्रह्मलुट भइरहेको भन्दै नागरिकस्तरबाट विरोध भइरहेको छ ।