काठमाडौ पुस १९
यही पुस २७ गते नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले फर्दर पब्लिक सेयर ( एफपिओ) को बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रति साधारण सेयर एक सय रुपैयाँमा १३ सय २५ रुपैयाँ थप गरी १४ सय २५ रुपैयाँ अंकित मुल्य कायम रहेको ३० लाख ९६ हजार चार सय २९ कित्ता सेयर जारी गर्न लागेको हो ।
सिद्धार्थ क्यापिटल लिमिटेड बिक्री प्रवन्धक रहेको कम्पनीको पुस २७ गतेबाट खुल्ला हुने एफपिओको बिक्री छिटोमा माघ दुई गते र ढिलोमा माघ १२ गते बन्द हुने छ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्ता सेयर खरिद गर्न सक्नेछन । अधिकृत पुंजी पाँच अर्ब, जारी पुंजी दुई अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको एफपिओको बिक्री पश्चात चुक्ता पुंजी दुई अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रुपैयाँ पुग्ने छ ।