काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व (ईद उल अजहा) आज आइतबार सामूहिक नमाज (प्रार्थना) गर्दै मनाइँदै छ ।
इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ ।
इदलुफित्र पर्वको ठिक ७० दिन पछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । बकर ईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिलो, सफा कपडाका साथमा अत्तर लगाई इदगाह ९नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ० वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरिन्छ ।
बकर ईद पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
तस्वीरमा इस्लाम धर्मावलम्वीले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) उपलक्ष्यमा आइतबार सामूहिक नमाज (प्रार्थना) गर्दै ।



