शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

श्रीलंकाका प्रधानमन्त्रीले राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली

आइतबार, असार २६ २०७९

कोलम्बो । आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री विक्रमासिंघेले सर्वदलीय सरकार बन्ने तयारी गरेसँगै आफूले राजीनामा दिने बताएका छन् । 

राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए । यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी राष्ट्रपति निवास छिरेका थिए । प्रदर्शनकारी छिरेपछि राष्ट्रपति सुरक्षित क्षेत्रतर्फ भागेका छन्। 

राष्ट्रपति राजापाक्षेले राजीनामा दिने घोषणा गरिसकेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । राष्ट्रपति राजापाक्षे जुलाई १३  मा राजीनामा गर्न सहमत भएको सभामुखले जानकारी दिए ।

घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ।

शनिवारको घटनापछि अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो।

शनिवारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए। कोलम्बोस्थित मुख्य अस्पतालका प्रवक्ताले उपचाररतमध्ये कम्तीमा तीन जना गोली लागेका घाइते रहेको एएफपी समाचार संस्थासँग बताएका छन्।

  • एजेन्सी