काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
जापानको सार्वजनिक प्रशारक एनएचकेको रिपोर्टअनुसार नारा शहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली प्रहार गरिएको हो ।
घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको जनाएको छ । सडकमा ढलेका आवेलाई अस्पताल लगिएको छ । जापान टाइम्सका अनुसार उनको अवस्था गम्भीर छ ।
गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।