काठमाडौं । दरबार हत्याकाण्ड भएको १५ वर्ष भइसकेको छ । नेपाली जनतामा राजसंस्था प्रति मोह रहेकै कालमा भएको यो घटनालाई आधुनिक युगको कोतपर्व भनिएको थियो । राजसंस्थाप्रतिको मोहका कारण धेरैले त्यो हत्याकाण्डलाई अहिले पनि रहस्यमय मान्छन् ।
सरकारी दस्तावेजले तत्कालीन युवराज दीपेन्द्रले वंशनाश हुने गरी दरबार हत्याकाण्ड मच्चाएको बताउछ । तर सर्वसाधरण र धेरै बुद्धिजिवीहरुले समेत सो घटना सरकारी दस्तावेजले भनेझै भएको होइन भन्ने प्रशस्त आधारहरु प्रस्तुत गरिरहेका छन् । ५८ साल जेठ १९ गते शुक्रबार राति भएको सो घटना पछि नया“ राजा ज्ञानेन्द्रले हत्याकाण्डको अनुशन्धान गर्न समिति गठन गरे । समितिले अनुशन्धान गर्न पाएन । देखेको र साक्षीहरुको बयानलाई अनुशन्धान प्रतिवेदन भनेर सार्वजनिक गर्यो । सो प्रतिवेदन बनाउनेहरुले नै त्यसबेला घटनाको विवरण मात्रै आफुहरुले तयार पार्न सकेको जानकारी दिएका थिए ।
अर्थात दरबार हत्याकाण्डको अनुशन्धान त्यसबेला भएन । लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीहरुले घटनाको अनुशन्धान गर्ने उद्घोष त गरे तर अुनशन्धान अझै भएको छैन । विश्व हल्लाउने दरबार हत्याकाण्ड एक्काइसोै शताव्दीको सुरु मै भएको थियो । आधुनिक युगमा सर्वसाधारणको ज्यान गयो भने पनि घटनाका विषयमा अनुशन्धान हुन्छ । तर राजसंस्था भएको मुलुकका राजा, रानी, युवराज लगायत राजसंस्थाका १० जनाको ज्यान गएको घटनाको अनुशन्धान नै भएन । यसकारण पनि सो हत्याकाण्ड नेपालीमनबाट हटेको छैन ।
सरकारी दस्तावेजले हत्याकाण्ड युवराज दीपेन्द्रले प्रेमिका देवयानी राणासं“ग बिहे गर्न नपाएको आक्रोशमा मच्चाएको संकेत गर्छ । घटना पछि दीपेन्द्र नै हत्याकाण्डका पात्र होइनन् भन्ने अनेकन आधारहरु सार्वजनिक भए । केही अहिले पनि हुदैछन् । हत्याकाण्डबारे छानविन समितिको प्रतिवेदन मै पनि विरोधाभाष विषयहरु समावेश गरिएको छ । प्रमुख विरोधाभाष यस्ता छन् ः
– हत्याकाण्डको बेला महेश्वर सिंह भन्ने व्यक्ति आफैस“ंग रहेको पारस शाहको भनाइ छ तर महेश्वरसिंले घटनाको बेला आफूले पारसलाई नदेखेको बयान समितिलाई दिएका थिए ।
– धीरेन्द्रका ज्वाई राजीव शाहीले २ मीनेटभित्र सबैको हत्या भएको बताएका थिए । तर अन्यले राजपरिवारका सबै सदस्यहµ मरेपछि पनि गोली चलिरहेको बताएका थिए ।
– राजीव शाहीका अनुसार नशाले लठीएर युवराज दिपेन्द्र उठ्न नसक्ने अवस्थामा थिए । त्यो अवस्थामा भएका व्यक्तिले पा“च देखि सात केजीका राइफल बोकेर कसरी ताकिताकी ज्ञानेन्द्र शाहका परिवार बाहेकलाई गोली प्रहार गरे ? घटना भएको त्रिभुवन सदनको वरिपरिको बगैचामा समेत धेरैलाई लखटेर मारिएको थियो । यस्तो कसरी भयो ?
– दीपेन्द्रका निजी सचिव सौजन्यकुमार जोशीले हत्याकाण्ड दीपेन्द्रले गराएको हो भन्न आफूलाई दबाब दिएको ६५ सालमा एक पत्रिका मार्फत खुलासा गरेका थिए । त्यही कारण उनलाई जागिरबाट निकाला गरियो ।
– जर्नेल टीका धमलाले आफू घटनाको बेला घरमा रहेको र खबर आएपछि छाउनीमा गएको बयान दिएका छन् भने केशवबहादुर महतले हत्याको बेला टीका धमला फोनमा खबर गर्न व्यस्त रहेको बताएका छन् ।
–.तात्कालीन जर्नेल विवेक शाहले दीपेन्द्र रक्सीले मातेको अवस्था नरहेको लेखेका छन् भने प्रत्यÔदर्शी भनी बयान दिनेहरुले मातेको अवस्थामा रहेको बयान दिएका छन् । धेरैजसो प्रत्यक्षदर्शीहरुले युवराज दीपेन्द्र मातेर खुट्टै टेक्न नसक्ने अवस्थामा रहेका वयान दिएका थिए । त्यस्तो अवस्थामा रहेका व्यक्तिले कसरी छानी छानी गोली हाने ? सबैलाई गोली हानेर मारेपछि ज्ञानेन्द्रका छोरा पारस शाहले सरकार हामीलाई माफ बक्सियोस भन्दैमा के कारणले उनीहरुलाई चाही छुट दिए ?
– त्रिभूवन सदन बाहिर खानपीन गरिरहेका एडिसीहरुले गोलीको आवाज समेत सुनेनौ भन्ने बयान छानविन समितिलाई दिएका थिए । सदन भित्र सयौं राउण्ड गोली चल्ने तर बाहिरका अंगरक्षकहरुले नसुन्ने कसरी भयो ?
दरबार हत्याकाण्ड पछिका घटनाक्रमले पनि दरबारहत्याकाण्ड झन रहस्यमय बनाएको छ । हत्याकाण्ड हुदा प्रधानसेनापति प्रज्वलशमशेर राणा थिए । उनले हत्याकाण्ड पछि राजसंस्थाका सदस्यको सुरक्षा गर्ने काम सेनाको होइन भन्ने अभिव्यक्ति दिएका थिए । दरबारमा विशेष तालिम पाएका ४ हजार सेना सुरक्षाका लागि तैनाथ थिए । सेनाको घेरामा भएको हत्याकाण्डको जिम्मेवारी सेनाले लिएन । खासमा त्यसबेला तत्कालीन शाही नेपाली सेनाको भूमिका रहस्यमय थियो । प्रधानसेनापतिको हैसियतले सबैभन्दा असक्षम प्रमाणित हुनु पर्ने व्यक्ति प्रज्वलशमशेर राणा नै थिए । तर पछि उनैलाई राजदूत बनाएर पुरस्कृत गरियो । घटनामा मारिने सुरक्षाकर्मीहरु कसैको पनि नाम सार्वजनिक समेत भएन ।
धीरेन्द्रका ज्वाईं राजीव शाहीले आफ्नो हैसियत बीना घटनाका विषयमा विदेशी सञ्चारमाध्यमहरु डाकेर पत्रकार सम्मेलन गरेका थिए । उनले हत्याको आरोप युवराज दीपेन्द्रमाथि थोपरेका थिए । जबकी त्यति ठूलो हत्याकाण्डका विषयमा छानविन नगरी शाही स्वघोषित छानविन समिति जस्तो देखिएका थिए ।
राजीवलाई नेपाली सेनाले उनलाई छाउनीमा पत्रकार सम्मेलन गर्ने वातावरण मिलाइदिएको थियो । घटनामा घाइतेहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजान चिकीत्सकहरुले माग गरेका थिए । तर सेनाले छाउनी मै सबैलाई राख्यो । मृतकहरु कसैको पनि पोष्ट मार्टम गर्न दिइएन । घटनाको केही समय पछि धीरेन्द्रकी पत्नी प्रेक्षाको समेत रहस्यमय दूर्घटनामा मृत्यु भयो । ज्ञानेन्द्र शाहका परिवार बाहेक राजगद्दीको हकदार हुन सक्ने सबै सो हत्याकाण्डमा मारिए । ज्ञानेन्द्र शाहका परिवारका कसैलाई केही भएन । ज्ञानेन्द्रकी पत्नी कोमल पनि हत्याकाण्डका बेला घाइते भएको भनियो तर के भएको थियो सार्वजनिक नै भएन ।
दरबार हत्याकाण्डको बेला त्यहा“भित्र साÔीका µपमा बा“की रहेका सैनिक जवानहरु सबैजसोलाई नसिहत भन्दै स्थानान्तरण गरियो । स्थानान्तरण गरिएका मध्ये धेरैजसोको माओवादी युद्धका बेला ज्यान गएको बताइन्छ । मंगलसेन युद्धमा मारिने सैनिक जवानहरु धेरैजसो दरबार हत्याकाण्डका बेला दरबारमा कार्यरत रहेको बताइन्छ ।
डाक्टर रामकुमार पोख्रेलद्वारा लिखित नारायणहिटी दरबार र देशभक्तको अवसान पुस्तकमा उल्लेख भएअनुशार भाइ धीरेन्द्र मार्फत राजा वीरेन्द्रले माओवादीहµसंग संपर्क गर्न थालेको रिपोर्ट धीरेन्द्रकी विदेशी पत्नी शिरले ग्रेने मार्फत अमेरीकाका लागि गुप्तचरीको काम गर्ने संस्था एलेन डोनमा पुग्ने गरेको र देवयानीमार्फत भारतीय जासुसी स“स्थाहरुसम्म् पुग्ने गरेकोले माओवादी समस्याको समाधान हुन नदिन दरबार हत्याकाण्ड भएको हो ।
कुनै बेला राजा वीरेन्द्रको फोटो हरेक नेपालीको घरमा हुने गथ्र्यो । कतिपयले राजाको फोटोलाई देवताको रुपमा पूजा कोठामा राख्ने गर्थे । राजा वीरेन्द्रको त्यो हसियो अनुहार भएको तस्बिर अहिले पनि धेरैको मनमा छ । राजा वीरेन्द्रलाई धेरै मानिसहरुले अहिले पनि सम्झीरहन्छन् ।
४६ सालको जनआन्दोलनमा रानी ऐश्वर्य पञ्चायती व्यवस्था कायम राख्नु पर्छ भन्ने पक्षमा थिइन् । राजा वीरेन्द्र जनताको यति ठूलो विरोध भएपछि व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा थिए । दरबार भित्रको विवादका वावजुद राजा वीरेन्द्रले बहुदलीय व्यवस्था बहाल गरिदिए । जनताले माग गरेको व्यवस्था राजा वीरेन्द्रले दिए ।
उनी आफैले नेपाललाई शान्ति क्षेत्रका रुपमा मान्यता दिइयोस भन्ने प्रस्ताव विश्वमञ्चमा राखे । जसलाई विश्वका कैयन मुलुकले समर्थन गरे । मित्र भनिएको र सीमा जोडिएको भारतले कहिले पनि समर्थन गरेन । नेपाललाई शान्ति क्षेत्रका रुपमा समर्थन गरेका मुलुकहरुलाई पनि भारतले धम्क्यायो । जसका कारण केही मुलुकले समर्थन फिर्ता लिए । भारतकै कारण नेपालको एक पहिचान बन्न खोजेको शान्ति क्षेत्रको प्रस्ताव असफल भयो ।
गणतन्त्र पक्षधर नेपालका कम्युनिष्टहरु पनि जनताको मनमा राजाको जबर्जस्त स्थानका कारण पछाडि हट्न बाध्य भएका थिए । मदन भण्डारीले ४६ सालको आन्दोलन ताक राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनावमा प्रतिस्पर्धा गर्न आउने चुनौती दिए । पछि गलत बोलिएछ भनेर राजा वीरेन्द्रसँग पश्चाताप गरे ।
नेपालमा धेरै कम्युनिष्ट पार्टी ५८ सालसम्म स्थापना भइसकेका थिए । ती कम्युनिष्ट पार्टीहरुले राजा वीरेन्द्रलाई सम्मान गर्थे । वीरेन्द्रको भद्रता, शालिनताकै कारण राजसंस्था विवादमा परेको थिएन । जनताहरु टोपीमा राजाको फोटो अंकित ब्याच लगाउने गर्थे । दसैमा राजाको हातबाट टिका थाप्न पाउँदा गोरवान्वीत हुने गर्थे ।
५८ सालमा राजा वीरेन्द्र सहित उनको वंश नै सखाप भयो । त्यो रहस्यमय हत्यकाण्ड मच्चाउनमा उनका भाई ज्ञानेन्द्रको हात छ भनेर त कतिपयले खुलेरै बोले । तर सरकारी दस्तावेजले पूर्वराजा ज्ञानेन्द्रलाई दोषी देखाउँदैन । राजा वीरेन्द्रको हत्या उनकै छोरा युवराज दीपेन्द्रले गरेको सरकारी दस्तावेजमा उल्लेख छ ।
दरबार हत्याकाण्डको छानविन गर्ने उद्घोष ६४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । केही दिन अघि राजा वीरेन्द्रका भाई पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा विदेशी हस्तक्षेप बढेको, विदेशी दलालहरुको दबदबा बढेको आशयमा विज्ञप्ति जारी गरे । राष्ट्रघातीहरुको विरोधमा जारी विज्ञप्ति पछि सरकारमा रहेका नेताहरु रिसाए ।
गृहमन्त्री विमलेन्द्र निधिले त मन्त्रिपरिषदमै राजदरबार हत्याकाण्डको अनुशन्धान प्रतिवेदन खोजेको खबर बाहिरियो । जसबाट दरबार हत्यकाण्ड र पूर्वराजा ज्ञानेन्द्रको सम्बन्ध छ भन्ने देखिन्छ ।
पूर्वराजा ज्ञानेन्द्रसँग रिस उठ्दा दरबार हत्यकाण्ड खोतल्छु भनेर धम्क्याउनुको अर्थ सोझो छ । जसरी लडाकु शिविरको भ्रष्टाचारको फाइल खोतल्छु भन्दा प्रचण्डको होस उड्छ त्यसै गरी दरबार हत्यकाण्डको प्रतिवेदन खोल्छु भन्दा ज्ञानेन्द्रको होस उड्दो रहेछ भन्ने बुझ्न गाह्रो छैन ।
नेपालमा लोकप्रिय थिए राजा वीरेन्द्र । उनी राष्ट्र प्रमुख, राजा थिए । उनको हत्या भयो । तर उनको हत्याको कारण खोजिएन । औपचारिकता पूरा गर्न एउटा समिति बनाइयो । जसले हत्याको वास्तविकता बाहिर ल्याउन सकेन । एक राजा नै आफ्नो देशमा रहस्य मय ढंगले मारिन्छ, हत्याको कारण खुल्दैन । राजा नै असुरक्षीत हुने देशमा बाँकी जनताको सुरक्षाको त के कुरा र ? अमृतबजार मा खबर छ